मेष : यात्रा गर्दा सचेत हुनुपर्नेछ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। धार्मिक या दार्शनिक पुस्तक पढेमा अल्छीपन हटेर जानेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ६५ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृष : पार्टी तथा सेमिनारमा सहभागी भइएला। राज्यबाट मान सम्मान पाइनेछ। धार्मिक तथा सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमीसँग मधुर मिलन हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
मिथुन : सहयोगी हातहरू अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। परिश्रम गर्दा धनार्जन हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिएला। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट : नयाँ ठाउँबाट रोजगारीको प्रस्ताव आउनेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। झुट नबोल्ने।
सिंह : हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। सेयर बजारमा दुविधा उत्पन्न हुनेछ। कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४८, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। अरूलाई होच्याएर नबोल्ने।
कन्या : दैनिक कार्यमा प्रगति हुनेछ। भाग्यले साथ दिनेछ। लामो समयदेखि अड्केको कामले पनि गति लिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको भने ख्याल गर्नुहोला।
भाग्यशाली रङ रातो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
तुला : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। मानप्रतिष्ठामा वृद्धि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। रमणीय, सुखद र धार्मिक यात्राको योग छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक : जोस, जाँगर र उमंग बढ्ला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। पुनर्मिलनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। विद्या र बुद्धिको विकास हुनेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
धनु : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। निर्णायक क्षमतामा कमी आउनेछ। शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। साँझमा पैसा खर्च हुने योग छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर : रमणीय यात्राको योग छ। आँटे-ताकेको पूरा हुनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। टाढिएका मित्रसँग नजिकिने समय छ।
भाग्यशाली रङ निलो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शारीरिक अपाङ्गता भएकाहरूलाई सहयोग गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ : मन हर्षित रहनेछ। मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक कार्यमा सफलता मिल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मीन : ठीक समयमा सही निर्णय लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। पुनर्मिलनको योग छ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

