मेष: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। लक्ष्मी प्राप्तिको राम्रो योग रहेको छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारजनसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, सेयर बजारमा ६४, वैदेशिक कार्यमा ४९र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसीक भोजन नगर्ने।
वृष: रमणीय र सुखद् यात्राको योग छ। विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ। सामाजिक कार्यमा विशेष रुचि रहनेछ। सद्विचाले अभिप्रेरित हुनेहरूलाई बढी लाभ हुनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४ ,व्यापारमा ७२ ,सेयर बजारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान शंकरजीको दर्शन गर्ने। सजिलै अरुको विश्वास नगर्ने।
मिथुन: नयाँ काम वा रोजगारको अवसर मिल्नेछ। सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन्। लक्ष्मी प्राप्तिको राम्रो योग छ। प्रतिस्पर्धाहरूमा उत्तीर्ण हुन सकिनेछ। टाढिँएका परिवारसँग भेट होला।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ७९ ,व्यापारमा ५४, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। वैदेशिक क्षेत्र कमजोर रहनेछ। कार्य सम्पादनमा पनि समस्या आउला तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन।
भाग्यशाली रङ रातो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ४५, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीहरूलाई खानेकुरा दिने। झुट नबोल्ने।
सिंह: रोकिएका काम पूरा हुन सक्छ। प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ। सेयर बजारमा लगानीको अवसर मिल्नेछ। आर्थिक उन्नतिका साथै परीक्षा आदिमा उत्तीर्ण हुन सकिनेछ। दिनको उत्तरार्धमा धन खर्च बढ्ला।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ७३ यात्राको योग ५५ र सम्पूर्ण भाग्यांक ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरुको विश्वास नगर्ने।
कन्या: कीर्तिमानी काम गर्ने समय छ। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। जोशजाँगर र उमंग बढ्नेछ। कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ। पराक्रम बढ्नुका साथै कीर्ति वृद्धिको योग छ। पुँजी बजारमा लगानीको अवसर छ।
भाग्यशाली रङ निलो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्यांक ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
तुला: स्वादिष्ट भोजनको विशेष अवसर मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। प्राविधिक र टेक्निकल कार्यमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। प्रेमीको साथ पनि मिल्नेछ।
भाग्यशाली रङ आकाशे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षारोपण गर्ने। उत्तर दिशा नजाने।
वृश्चिक: यात्रामा मालसामान हराउन सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। पढाइलेखाइमा पनि खासै प्रगति गर्न नसकिने देखिन्छ। प्रेम सम्बन्धमा मधुरता छाउनेछ।
भाग्यशाली रङ हरियो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्यांक ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।
धनु: नयाँ र शुभकार्यको चर्चा चल्नेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। पुँजी बजारको लगानी पनि नोक्सानी हुनसक्छ। प्रेममा सफलताका साथै नयाँ कार्य प्राप्तिको योग छ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्यांक ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छल कपट नगर्ने।
मकर: कार्य सम्पादनमा सहजता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ। मनमा उत्साह छाउने र बोली बिक्ने समय छ। सेयर बजारले पनि साथ दिनेछ।
भाग्यशाली रङ सेतो र अंक ४८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, सेयर बजारमा ५५, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्यांक ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने।
खैरो रङको प्रयोग नगर्ने।
कुम्भ: ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ। प्रविधिका क्षेत्रमा उन्नति हुने देखिन्छ। शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ। जोशजाँगर र हिम्मत बढ्ला। कुटुम्बबाट विशेष सहयोग मिल्नेछ। पारिवारिक सम्बन्ध कसिलो हुनेछ।
भाग्यशाली रङ पहेँलो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्यांक ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुण खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: मनमा देखिने अस्थिरताले निर्णायक क्षमतामा कमी आउला। आत्मघाती काम गर्न पुगिएला। सावधान हुनु होला। पढाइलेखाइमा खासै प्रगति गर्न नसकिने देखिन्छ। साँझमा सहयोगीहरूको साथ पाइएला।
भाग्यशाली रङ खैरो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, सेयर बजारमा ४७, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यस्तैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्यांक ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

