मेष : परीक्षामा राम्रो अंकसहित उत्तीर्ण भइनेछ। मनमा शान्ति छाउनेछ। वैदेशिक क्षेत्रका अधुरा काम पूरा हुनेछन्। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारबाट प्रशस्त फाइदा हुने देखिन्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
वृष : मन पर्ने वस्त्र उपहार पाइनेछ। भ्रमण र तीर्थाटनको योग छ। महिला वर्गबाट विशेष सहयोग मिल्ला। वैदेशिक कार्य अघि बढ्नेछ। आदर्श व्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ८०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मिथुन : सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला। शैक्षिक क्षेत्रबाट इच्छित प्रतिफल नमिल्ला। स्वास्थ्य प्रतिकूल रहन सक्छ। आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्।
भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट : काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। सांस्कृतिक कार्यमा सरिक भइनेछ। नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। लामो समयदेखि रोकिएका फत्ते हुनेछन्।
भाग्यशाली रङ खैरो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।
सिंह : पुनर्मिलनको योग छ। शत्रु र रोगबाट छुटकारा मिल्ला। स्थानान्तरण र सफल यात्राको सम्भावना छ। ठूला व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ।
भाग्यशाली रङ सेतो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
कन्या : आँटे-ताकेको पूरा होला। मन पर्ने वस्त्र, अलंकार उपहार पाइनेछ। स्वादिष्ट भोजनको आनन्द पाइएला। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। अरूलाई नसताउने।
तुला : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। विगतका समस्या बल्झिनेछन्। प्रेममा धोका हुन सक्छ। वैदेशिक र प्राविधिक कामबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। अरूलाई नहेप्ने।
वृश्चिक : दिन भाग्यशाली भएर देखा पर्नेछ। प्रतिस्पर्धा फाइदा हुनेछ। विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
धनु : सामाजिक र धार्मिक कार्यमा रुचि बढ्नेछ। विशेषगरी विदेशिएका विद्यार्थीले सफलता हासिल गर्नेछन्। प्रेमी वा विश्वास गरेकाले साथ दिनेछन्। मुद्दामामिलामा विजयी भइनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। तामसिक भोजन नगर्ने।
मकर : साथीभाइसँग समय बित्नेछ। नजिकका व्यक्तिको सहयोगमा कार्य पूरा हुनेछ। धार्मिक र शुभ कार्यमा संलग्न हुनु पर्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कुम्भ : सुखदुःख बराबरी रहनेछ। मानसिक चिन्ता बढ्न सक्छ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। कसैले मानसम्मानमा आघात पार्न सक्छ। प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मीन : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। बढुवा तथा सरुवाको योग छ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। साथीभाइले उपहार दिन सक्छन्। मध्य दिनमा धनमाल हराउने योग भएकाले सजग रहनुहोला।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। झुट नबोल्ने।

