चितवन । पुर्बी चितवनको राप्ती नगरपालिका वडा नं–१, पूर्व–पश्चिम राजमार्गमा दुई ट्रकको ठक्करबाट गम्भीर घाइते भएका साइकलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
पर्साको वीरगन्ज महानगरपाकिला वडा नं–८, भिसुवा घर भई हाल राप्ती–१ बस्ने वर्ष ४३ वर्षीय सन्तोष सराफलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००२ ख ०५३६ नम्बरको ट्रकले ठक्कर दिई लडेको अवस्थामा पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख ३०१३ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।
घाइतेको नयाँ मेडिकल कलेज (सिएमसी), भरतपुरमा उपचार भइरहेकोमा आज बुधबार दिउसो १२ः०३ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
चितवन प्रहरीले दुवै ट्रक र मधेश प्रदेश ०३–००२ ख ०५३६ नम्बरको ट्रकका चालक मकवानपुरको मनहरी–८ बस्ने ३२ वर्षीय आशिष तामाङ र ना ६ ख ३०१३ नम्बरको ट्रक चालक मकवानपुरको हेटौँडा–१६ बस्ने २२ वर्षीय समीर विश्वकमालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

