चितवन । नेकपा एमाले रत्ननगर नगर कमिटीको अध्यक्षमा इश्वरी प्रसाद अर्याल चयन भएका छन् । सो पार्टीको १०औं नगर अधिबेशनबाट अर्याल अध्यक्षमा चयन भएका हुन् ।
अर्याल यस अघि पनि नगर कमिटीको अध्यक्ष थिए । ६५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा आशिक तामाङ, सचिवमा सागर मिश्र, उपसचिबमा वालकृष्ण भटराई(राजु), उपसचिब सविता चौधरी र लेखा समिति अध्यक्षमा अमित कुमार गुप्ता, उपाध्यक्षमा टीकाराम आचार्य र सचिवमा विमल दुवाडी चयन भएका छन् । नवनिर्वाचित कमिटीलाई मंगलबार एमाले जिल्ला पार्टी कार्यालयमा पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ ।
केन्द्रीय सदस्य तथा नगर अधिबेशन अध्यक्षमण्डलका अध्यक्ष प्रभा बरालले नगर अध्यक्ष सहित पदाधिकारी तथा सदस्य, लेखा समिति अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथग्रहण गराएका हुन ।
नेकपा एमाले पोलिटब्युरो सदस्य चितवन जिल्ला इन्चाज देवी ज्ञावली प्रमुख अतिथि रहेको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जेगन्नाथ थपलिया, केन्द्रीय सदस्य यम बहादुर परियार, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, प्रदेश कमिटी सदस्यहरु रामप्रसाद न्यौपाने, टिका पौडेल, मुकुन्द दवाडी, श्यामलाल विक, विमला दवाडी, जिल्ला अध्यक्ष कमलराज पाठक,उपाध्यक्ष श्याम कुमार विष्ट, उपसचिव मिन वहादुर परियार, सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख प्रकाश आचार्य, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी लगायतको उपस्थिति रहेको थियो ।



