चितवन। नेकपा एमालेले बाघमारा मध्यवर्ती सामुदायिक वनकाे निर्वाचन बहिस्कार गर्ने भएकाे छ । फागुन २३ गते उक्त वनकाे निर्वाचन हुँदैछ । एमालेले आज पत्रकार सम्मेलनकाे आयाेजना गरि वनकाे नयाँ नेतृत्वका लागि हुने निर्वाचन बहिस्कार गर्ने जनाएकाे छ ।
स्थानीय स्तरका छ दलकाे सयुक्त प्यानल र एमाले एक्लै निर्वाचनमा हाेमिएकाे थियाे । सामुदायिक वनकाे काेष हिनामिना गरेकाे व्यक्तिकाे विरुद्धमा दावी विराेध पर्दा पनि निकुञ्ज र निर्वाचन समितिले जवरजस्ती सदर गरेकाे आराेप लगाउदै वन गलत व्यक्तिकाे नेतृत्वमा जाने देखिएकाले निर्वाचन बहिस्कार गरिएकाे नेकपा एमाले वडा नं ७ वडा कमिटीका अध्यक्ष सुर्यबहादुर तमाङले बताए । एमालेबाट परिषद् सदस्यका लागि उम्मेदवारी दिएकाेहरुकाे भाेली मंगलबार विहान उम्मेदवारी फिर्ता लिने उनले जानकारी दिए ।
एमाले बाहेकका राजनीतिक दलले भने निर्वाचन हार्ने निश्चित जस्तै भएपछि एमालेले बहिस्कारको नाटक गर्न लागेको बताएका छन्। नेकपा माओबादी केन्द्र रत्ननगरका उपाध्य्क्ष बासु चापागाईले एमालेले चुनाब हार्ने निश्चित भएपछि बहिस्कारको नाटक गरेको बताए।

