चितवन । भरतपुर महानगरपालिका वडा नं–४, दुर्गा चोकस्थित आफ्नै घरअगाडि खेलिरहेका बालकलाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिई फरार भएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका राजु थापाका ६ वर्षीय छोरा रियाज थापाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र फरार रहेको मोटरसाइकल तथा चालकको खोज तलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

