चितवन । पूर्वी चितवन स्थित उद्योग बाणिज्य संघ खैरहनीको १३ औं बार्षिका साधारण सभा तथा १८औं स्थापना दिवसको औपचारिक कार्यक्रम गरिएको छ ।
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले उद्घाटन गरेको सो कार्यक्रममा संघका अध्यक्ष कुमार खनालले प्रस्तुत गरेको बार्षिक प्रतिबेदनमा व्यावसायमैत्री कर नीति लागू गरी करको दायरा नियमन गर्नुपर्ने तथा आयकर, भ्याट एवम् अप्रत्यक्षकरहरुलाई सरलीकरण गर्नुपर्ने माग गर्दै व्यावसाय स्थापनाको पक्रियालाई सहज र द्रुत बनाउने व्यवस्था गर्न सरकारसंग माग गरिएको छ ।
साधारण सभाको अबसरमा संघले बार्षिका कार्ययोजना समेत सार्वजनिक गरिएको छ । व्यावसाय प्रवद्र्धन गर्न अनुकुल नीतिहरु आवश्यक पर्ने भएकोले नीतिगत सुधारका लागि प्रयत्न गर्ने, नियमित तालिम, सेमिनार, कार्यशालाहरुको आयोजना गरी सदस्यहरुको क्षमता अभिवृद्धिमा जोड दिने, सूचना प्रविधी, ई–कमर्श, स्टार्टअपहरुलाई प्रोत्साहन गर्न डिजिटल र नविनतम प्रविधिको अभ्यास गरिने, व्यावसायको क्षेत्र विस्तारमा जोड दिँदै लगानी बढाउन व्यावसायीहरुलाई प्रोत्साहन गर्ने, सरकार, निजी क्षेत्र र अन्य संघसंस्थासँग जोडेर सहकार्य गर्दै व्यावसायिक एकता मार्फत व्यवसायीको आत्मबल उच्च राख्न प्रयत्न गरिने कार्ययोजनामा उल्लेख गरिएको संघका बरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले बताए ।
कार्यक्रममा सफल व्यवसायीहरु उत्तम अधिकारी, जगतबहादुर पाण्डे, इश्वरी बस्नेत, केशब वाग्ले, चन्द्रप्रसाद खनाल, भगवान आचार्य तथा संस्थापक अध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका महासचिव विदोद अर्यालले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मण निरौलाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसदहरु जगन्नाथ थपलिया, कृष्णप्रसाद खनाल, खैरहनीका मेयर शशीकुमार खनिया, वडाध्यक्ष छत्रनाथ सुवेदी, नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश उपाध्यक्ष गुणराज श्रेष्ठ, नेपाली काँग्रेसका नगर उपसभापति विक्रम पञ्जियार, एमालेका नगर अध्यक्ष पूर्णबहादुर डल्लाकोटी, माओवादी केन्द्रका नगर अध्यक्ष ज्ञानबहादुर विसुराल, रास्वपाका नगर सचिव उत्तम अधिकारी, राप्रपाका देवराज कँडेल, संघका संस्थापक अध्यक्ष बलराम अर्याल, सिन्धुपाल्चोक उवासंघ अध्यक्ष बुद्धराज बस्नेत, कृर्तिपुर उवासंघ अध्यक्ष राज्य लक्ष्मी शाक्य लगाउतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष खनालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ट उपाध्यक्ष लम्सालले धन्यवाद मन्तव्य राखेका थिए । संघको स्थापना दिवसको अबसरमा आइतबार आयोजित रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विनोद नेपालले जानकारी दिए ।

