चितवन । प्रेस चौतारी नेपाल बागमती प्रदेशको अध्यक्षमा चितवनका तिलकराम रिमाल चयन भएका छन् ।
प्रेस चौतारी बागमती प्रदेश समितिको चितवनमा सम्पन्न दोस्रो अधिवेशनले रिमाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा उज्ज्वल पौडेल, उपाध्यक्ष (महिला)मा तारा बस्नेत र महासचिवमा प्रकाश दाहाललाई चयन गरिएको छ ।
अधिवेशनले सचिवमा गोविन्द घिमिरे, लक्ष्मण घिमिरे, भोलाराज पौडेल, रूपक कोइराला र समावेशी सचिवमा नवराज श्रेष्ठ र जगमान तामाङलाई सर्वसम्मत रूपमा चयन गरेको हो । उपत्यका बाहेक बागमती प्रदेशका १० जिल्लाका प्रतिनिधि रहेका अधिवेशनले आगामी तीन वर्षको कार्यकालको लागि १७ जना सदस्य चयन गरेको छ ।
अधिवेशनको आइतबार उद्घाटन सत्रलाई एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, संगठनका अध्यक्ष गणेश बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

