चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक राजन लिम्बुलाई आइतबार रत्ननगरमा स्वागत गरिएको छ ।
रत्ननगर उद्योग वाणिज्य संघले एक औपचारिक कार्यक्रमको आयोजना गरी भरर्खरै चितवन प्रहरी प्रमुखको कार्यभार सम्हालेका लिम्बुलाई स्वागत गर्दै जिल्लाको शान्ति सुरक्षा र व्यसायिक सुरक्षाको लागि आग्रह गरेको छ । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले व्यवसायिक सुरक्षाको लागि लामो समय देखि निजी क्षेत्र र प्रहरी प्रशासन बीच सहकार्य गर्दैै आएको बताएका थिए ।
पूर्वी चितवनमा लागुपदार्थ दुव्यर्सनी न्यूनीकरण, सवारी दुर्घटना न्यूनीकरण, पर्यटकीय क्षेत्र सौराहा २४ घण्टा खुल्ने वातावरण र सुरक्षाको व्यवस्थापन तथा ट्राफिक व्यवस्थापनको विषयलाई प्राथमिकता दिन प्रहरी प्रमुखलाई आग्रह गरे । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक लिम्बुले व्यवसायिक बातावरण बनाउन आफ्नो संगठनले कुनै कसर बाँकी नराखी कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । शान्ति सुरक्षा व्यवस्थापनमा उद्योग व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको उनको भनाई थियो ।
सोही कार्यक्रममा ओम शान्ति रत्ननगरका प्रमुख शर्मिलाले मायाको चिनो प्रधान गरिन । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरु र उद्यागी व्यवसायीहरुको लगायतको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघ उपाध्यक्ष वाणिज्य रामशरण नेपालले धन्यवाद राखेको कार्यक्रम उपेन्द्र शर्मा आचार्यले संचालन गरेका थिए ।

