काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ ।
शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

