मकवानपुर। मकवानपुरमा प्रहरीले पाँच किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८ स्थित मनहरी खोला बगरको कच्ची सडकखण्डबाट हिँडिरहेको अवस्थामा पर्सा जगरनाथपुर गाउँपालिका–४ हरपुरका ३३ वर्षीय राज कपुर महतोलाई ५ केजी १० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
राक्सिराङ गाउँपालिकावाट गाँजा खरिद गरेर झोलामा बोकेर मनहरी बजारतर्फ आउँदै गर्दा प्रहरीले शंका लागेर खानतलासी गर्दा महतोको झोलामा गाँजा फेला पारेको थियो ।
गाँजासहित प्रहरीले महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न जिल्ला अदालत हेटौंडाबाट ५ दिनको म्याद थप अनुमति लिएको छ ।
यो चालु आवको ७ महिनामा मात्र मकवानपुर प्रहरीले ४ हजार ३ सय २० केजी गाँजा र ३९ केजी १ सय ४० ग्राम अफिम बरामद गर्नुको साथ १३१ जनालाई पक्राउ गरेको छ ।

