मकवानपुर । हेटौडामा १७५ किलो गांँजासहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भिमफेदी गाउंँपालिका वडा नम्बर ९ का मोहन स्याङ्गतान र थाहानगरपालिका वडा नम्बर ३ का प्रशान्त कार्की रहेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा पालुङ्गतर्फबाट विरगंज तर्फ जांँदै गरेको ना ३ ख ५९५० नम्बरको ट्रकलाई जेकजांँच गर्दा उपमहानगरपालिका वडा नम्बर ११ थान भर्याकङ्गमा मर्मत गरिरहेको अवस्थामा शका लागि चेक जांँच गर्दा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुले फल्सबटन बनाई लुकाईछिपाई गांँजा ल्याएको अवस्थामा चालक स्याङ्गतान र ट्रकमा सवार कार्की पक्राउ परेका थिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

