चितवन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका पहिलो स्थानमा परेको छ। नेपाल भरिका अन्य पाँच महानगरपालिकालाई पछि पार्दै भरतपुर महानगरपालिका पहिलो स्थानमा पर्न सफल भएको हो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष प्रदेश सरकार र स्थानीय तहको वित्तीय व्यवस्थापन, स्रोत उपयोग, पारदर्शिता र समग्र कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा भरतपुर महानगरपालिका अगाडि आएको हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको तथ्यांकअनुसार भरतपुर महानगरले ७६.२ प्रतिशत, विराटनगर महानगरले ७३.५ प्रतिशत, ललितपुर महानगरले ६६.७ प्रतिशत, काठमाडौँ महानगरले ५४.३ प्रतिशत, पोखरा महानगरले ५१.५ प्रतिशत र वीरगञ्ज महानगरले ४३.१ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेशले ४५.६ प्रतिशत पाएर तेस्रो स्थानमा परेको छ । जसमा सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत पाएर पहिलो स्थानमा पर्न सफल भएको छ भने मधेस प्रदेशले ३० प्रतिशत पाएर सातौं स्थानमा परेको छ ।त्यस्तै,कोसीले ५०.९ प्रतिशत , कर्णालीले ४१.६ प्रतिशत, गण्डकी ४०.८ प्रतिशत , लुम्बिनी ३५.९ प्रतिशत पाएका छन् ।

चितवन जिल्लाका सात पालिकामध्ये भरतपुर महानगरवालिका पहिलो स्थानमा परेको छ ।भरतपुर महानगरपालिकाले ७६.२९ प्रतिशत अङ्क पाउँदा राप्तीले ४३.३ प्रतिशत अङ्क प्राप्त गरेको छन् ।जिसमा ईच्छाकामना गाँउपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७०.१प्रतिशत, माडी नगरपालिकाले ६९.१प्रतिशत, खैरहनी नगरपालिकाले ६६. ८प्रतिशत र कालिका नगरपालिकाले ६४.३प्रतिशत र अङ्क प्राप्त गरेका छन् ।
भरतपुरमा महानगरपालिकाका लगातार तीन वर्षसम्म उत्कृष्ट हुदै आएको छ ।भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरपालिका सबै विषयमा उत्कृष्ट रहेको दावी गरिन् ।

