चितवन । चितवनमा चालु आर्थिक बर्ष ०७८, ०७९ को भाद्र महिनामा सवारी दुर्घटनाबाट ७ जनाको मृत्यु भएको छ भने ७३ जना घाईते भएका छन । जसमध्ये १८ जना गम्भिर घाईते भएका थिए भने ५५ जना सामान्य घाईते भएका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भदौ महिनामा ५ जना पुरुष २ जनाको मृत्यु भएको थियो । यस्तै उक्त महिनामा १२ जना पुरुष, महिला ३जना र ३ जना बालक गम्भिर भएका थिए । उक्त महिनामा ३० जना, महिला १७ जना, बालक ५ जना र बालिका ३ जना सामान्य घाईते भएको कार्यालयले जनाएको छ । सो अवधिमा ४२ वटा वटा दुर्घटना भएका थिए भने ६३ वटा दुर्घटना भएको थियो । जसअनुसार ६ वटा ट्रयाक्टर, पाँचवटा वस, जीप कार पाँचवटा, ट्रयाक्टर २ , टेम्पो ३ वटा , ३४ वटा मोटरसाइकल र अन्य साना ८ वटा सवारी दुर्घटनामा परेका थिए । भदौ महिनामा १८ लाख ३६ हजार रुपैयांँ बराबरको भौतिक क्षति अनुमान भएको ट्राफिक प्रहरीको अनुमान छ ।
मृत्युको संख्यामा कमी
चितवनमा अघिल्लो महिना साउनको तुलनामा भदौमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । कार्यालयका अनुसार साउन महिनामा सवारी दुर्घटनाबाट ११ जनाको मृत्यु भएको थियो । सो महिनामा २३ जना गम्भिर घाईते भएका थिए भने ५२ जना सामान्य घाईते भएका थिए ।
सो अवधिमा ५१ वटा दुर्घटना भएको थियो भने ७८ वटा सवारी दुर्घटना परेका थिए । जसअनुसार ट्रक १६ वटा, बस, ३ वटा । माईक्रोबस ४ वटा जीपकार १४ वटा , ट्याक्टर २ वटा , टेम्पो २ , मोटरसाइकल ३१ वटा , साना सवारी ४ वटा र अन्य सवारी दुईवटा दुर्घटनामा परेका थिए । श्रावण महिनामा ९६ लाख ६२ हजार रुपैयांँ बराबरको भौतिक क्षतिको अनुमान गरिएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले पछिल्ला महिनामा यातायात व्यवस्था सेवा कार्यालय र ट्राफिक प्रहरी कार्यालयको समन्वयमा चेकिङ्ग तीब्र पारिएकोले गम्भिर दुर्घटना संँगै मृत्युको संख्यामा कमी आएको बताए । ‘हामीले अहिले यातायात कार्यालयसंँग समन्वय गरेका छौं, दैनिक सांँझ मापसे चेकिङ्ग गरेका छौं उनले भने, केही समय अघिबाट मात्र सरप्राइज र छड्के चेकिङ्ग पनि गर्दै आएका छौं ।’ चालक, विद्यार्थी र नागरिकहरुलाई समेत कार्यक्रमनै गरी सचेतना जगाईएकोले मृत्युको संख्यामा कमी आएको थापाको भनाई छ ।

