काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त चयन भएका छन् । एनएफपिजेकाे १२औँ अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हाे ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ र सचिवमा रिर्पोटस नेपालका मुकुन्द कालिकोटेलाई चयन गरेकाे हाे ।
केन्द्रीय सदस्यमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहाखबरका शिला तिमिल्सिना, नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीप कुमार श्रेष्ठ चयन भएका छन् । दुई जना केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्नेछ ।
याेसँगै राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग भएकाे छ ।

