चितवन । भरतपुर महानगरपालिका–१६ शिवघाट, भङ्गेरी थानस्थित नारायणी नदी किनारमा बुधबार बिहान भेटिएको एक पुरुषको शवको हालसम्म सनाखत हुन सकेको छैन । बिहान करीब १० बजे सो स्थानमा बगाएर ल्याएको अवस्थामा अन्दाजी ३५ बर्षीय वेवारिसे शव प्रहरीले फेला पारेको थियो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता सूर्य थापाले उक्त शवको हालसम्म सनाखत हुन नसकेको बताए । सनाखत अहिले सम्म भएको छैन । शव परीक्षणको लागि भरतपुर अस्पतालमा छ । थापाले भने । उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
भंगेरी थानमा भेटिएको पुरुषको शवको सनाखत हुन सकेन
भंगेरी थानमा भेटिएको पुरुषको शवको सनाखत हुन सकेन
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु

