काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै आफ्नो सांसद पद निलम्बन फुकुवाका लागि निवेदन दिनुभएको छ ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको उक्त भेटमा सभापति लामिछानेले सभामुख घिमिरेसमक्ष निलम्बन फुकुवाका लागि निवेदन बुझाउनुभएको हो । सभापति लामिछानेले आफु थुनामुक्त भएको व्यहोरा उल्लेख गर्दै निलम्बन फुकुवाको निवदेन बुझाउनुभयो । सभापति लामिछानेसँगै उपसभामुख इन्दिरा राना, रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा स्वर्णिम वाग्ले, प्रमुख सचेतक सन्तोष परियार लगायतका सांसदहरुले सभामुख घिमिरेसँग भेट गर्नुभयो ।
संघीय संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुदैछ । निलम्बीत सांसद लामिछानेले संसदको बैठकमा सहभागि भई विधायीकाको जिम्मेवारी बहन गर्न मार्ग प्रशस्त गर्न वातावरण मिलाइ दिन सभामुख समक्ष अनुरोध गर्नुभयो ।
प्रतिनिधिसभा सदस्य लामिछानेललाई पुस ८ गते प्रतिनिधिसभा सचिवालयले निलम्बन गरेको थियो ।

