काठमाडौँ। नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीको अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ। यस्तै, महासचिवमा ९ जनाको उम्मेदवारी परेको छ।
विजयप्रकाश सापकोटा, हेमन्त राई, उपदेश यादव, सुदिन पौडेल, विश्वमणि थापा र योगेन्द्र बुढाले अध्यक्षमा मनोनयन दर्ता गराएका छन्।
महासचिवमा सञ्जयकुमार महतो, तिर्सना हमाल, गोविन्द बानियाँ, श्याम रोका, रोशन थापामगर, सञ्जिव फुयाँल, प्रतीक कार्की र पदम काफ्लेले उम्मेदवारी दिएका छन्।
देशका विभिन्न ठाउँबाट अनलाईन उम्मेदवारी दर्ता भएकोले यकिन विवरण दिन निर्वाचन समितिलाई १८ घण्टा लागेको छ। माघ ८ गते विहान ८ बजेदेखि बेलुका ९ बजेसम्म मनोनयनको समय दिइएको थियो।
उम्मेदवारको सबै नाम रुजु गर्न समय लागेको निर्वाचन समिति सदस्य उत्तम अधिकारीले जानकारी दिए। क्रान्तिकारीको नेतृत्व चयनका लागि माघ १२ गते मतदान हुँदैछ।
यसअघि पार्टीले सर्वसम्मतिको प्रयास गरे पनि सफल नभएपछि चुनावबाटै चयन गर्न लागिएको हो।