चितवन। सौराहाको एक होटलमा लगेर नाबालिकालाई बलात्कार गरेको आरोपमा नारायणगढका व्यवसायी दिनेश राठीलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकालाई सौराहाको एक होटलमा लगेर बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका–३ नारायणगढ बस्ने ५५ वर्षीय राठीलाई प्रहरीले मंसिर ८ गते पक्राउ गरेको हो।
नारायणगढका प्रख्यात बालाजी स्टोर्सका संचालक समेत रहेका राठीले नाबालिकालाई प्रलोभन देखाएर मंसिर ७ गते बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेको दिनदेखि लागु हुनेगरी पाँच दिनको म्याद लिएर राठीमाथि अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानकुमार महतोले जानकारी दिए ।
‘१७ वर्षकी बालिकामाथि जबरजस्तीकरणी गरेको मुद्धामा राठीमाथि अनुसन्धान भइरहेको छ । पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौँ’, डिएसपी महतोले भने । राठी चितवनमा रहेको बालाजी सहकारीका अध्यक्ष समेत हुन् ।

