चितवन । चितवनको राप्ती नगरपालिकामा गएराती प्रहरी र स्थानीय बीच विवाद भएको छ । विवादको क्रममा दुईपक्षबीच झडप भएको छ । झडप हुंँदा दुई इन्स्पेक्टर सहित दर्जन घाईते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार राती पौने १० बजे राप्ती नगरपालिका वडा नम्बर ९ सितलपुरमा स्थानीय दशरथ मल्लले सोही ठाउंँका कान्छा लामालाई रडले प्रहार गरि हत्या गरेका थिए । दुईजना बीच रिइसिइवीका साँध्दा मल्लले लामालाई रडले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ । सो क्रममा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाईफायर गरेको जनाएको छ
प्रहरीले मल्ललाई नियन्त्रणमा लिई प्रहरी कार्यालय ल्याउने क्रममा पीडितका आफन्तले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । ‘हामीले रड हान्ने मल्ललाई पक्राउ गर्न जिल्लासहित स्थानीयबीटका प्रहरी टोली पठायौं अधिकारीले भने, तर लामाका आफन्तले मल्ललाई ल्याउन अबरोध गरे ।’ मल्ललाई ल्याउने क्रममा लामाका आफन्तहरुले प्रहरीलाई लाठी, ढुंगामुडा प्रहार गरेको अधिकारीको भनाई छ ।
पीडितका आफन्तले घटनाको सत्यतथ्य छानवीन नहुने आंशकामा प्रहरीले पीडितको आग्रहलाई वेवास्ता गर्दा उनीहरुले आक्रोश पोखेका हुन् । सो क्रममा दोहोरो झडप हुंँदा प्रहरीतर्फ इन्स्पेक्टरसहित ७ जना घाईते भएका छन भने दुईजना पीडितपक्षका घाईते भएको प्रहरीले जनाएको छ । घाईते मध्ये एक इन्स्पेक्टरको आंखामा गम्भिर चोट लागेको र सबै घाईतेको स्थानीय अस्पतालमा उपचार भईरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए । हाल लामाको शब भरतपुर अस्पतालमा राखिएको छ भने मल्ल प्रहरीको नियन्त्रणमा छन । यस बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

