चितवन। भरतपुर महानगरपालिकाद्धारा आज भरतपुर अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । भरतपु्र अस्पतालको प्रशासनिय भवनमा भएको उक्त्त कार्यक्रममा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको हो ।
भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा महानगर प्रमुख रेणु दाहाले अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेकी हुन् ।
सो अवसरमा अक्सिजन सिलिण्डर १०० थान, हाइफ्लो मेडिकल अक्सिजन कन्सन्ट्रेटर ठूलो ८ थान, मध्यमस्तरको ४ थान, एन ९५ मास्क ४८० थान, मेडिकल रबर ग्लोब्स ३ हजार थान, पिपिइ १ हजार थान र इसीजी मेसीन पाँच थान हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा महानगर प्रमुख दाहालले मन्तब्य राख्दै “महानगरले भरतपुर अस्पताललाई सहयोग गरिरहेको थियो, गरिरहेको छ र गरिरहने “बाताइन् ।