चितवन। उद्योग वाणिज्य संघ चितवनले छिमेकी जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, महिला उद्यमी लगायत कार्यालय प्रमुखहरूलाई लक्षित गरी कर तथा मूल्य अभिवृद्धि कर सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना एवम् जिआईजेड नेपालको प्राविधिक सहयोगमा भदौ ३० र ३१ गते कार्यक्रम भएको हो । उद्योगी व्यवसायीहरुलाई कर तथा करका नीतिका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायीहरुको संस्था भएकाले नेतृत्वले पनी करका बारेमा आफ्ना व्यवसायीहरूलाई सिकाउन सक्ने हुनुपर्ने बताउँदै उहाँले करसम्बद्ध झन्झटहरु जस्तै मिसम्याचमा पर्ने, ननफाईलर रहने, कर चुक्ता लिने, आय विवरण बुझाउने , जस्ता विषयमा व्यवसायीले भोगेको समस्याहरु निराकरणका लागि जिल्ला नगरका नेतृत्वलाई सिकाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रम उद्घाटन सत्रका प्रमुख अतिथि वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री माननीय कृष्णप्रसाद सिलवालले कार्यक्रक सफलताको शुभकामना दिदै उहाँले जिल्ला नगर उद्योग वाणिज्य संघका नेतृत्वकर्ताज्यूहरुलाई यस कार्यक्रममा सिकेको ज्ञान आफ्ना जिल्ला नगरका उद्योगी व्यवसायीहरूलाई किाउन अनुरोध गर्नुभएको थियो । उहाँले निजी क्षेत्रका व्यवसायीहरूलाई समयमा नै कर तिर्न अनुरोध गर्दै सम्बन्धित कर कार्यालयले पनि व्यवसायीलाई जरिवाना भन्दा समयमा जानकारी गराउन आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा वोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले देशमा चोरी पैठारीको जालो भएको बताउँदै कर प्रणालीलाई तहगत गराउनु पर्ने बताउनु भयो । उहाँले व्यवसायीहरूले विमा गराउदा हुलदुङ्गा भन्ने शिर्षकमा पनी प्रिमियम बुझाउन पर्ने भन्दै नेपालमा हाल हुलदुङ्गा नभएकोले राज्यले विमा पोलिसीमा राखेको हुलदुङ्गा सम्वन्धी वुदा हटाएर व्यवसायीलाई विमाको प्रिमियममा कम गराउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वोल्दै जिआईजेड रासका फिनानसियल म्यानेजमेन्ट एण्ड एडमिनिस्ट्रेशन एडभाईजर नविनलाल श्रेष्ठले चितवनका व्यवसायीहरुलाई कर, मु.अ. कर, मिसम्याच लगाएतका बारेमा जानकारी गराउन यस तालिमको लागि उद्योग वाणिज्य संघ चितवन संग सहकार्य गरेको बताउनु भयो । उहांले उवासंघ चितवन सँग आगामी दिनहरुमा पनि हातेमालो गर्दै यस किसिमका कार्यक्रम आयोजना गर्नमा सहकार्य गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा सहभागीको तर्फवाट वोल्दै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले नेपालमा उत्पादन भएको कुनै पनी समानमा अन्डरविलिङ्गको समस्या नभएको र आयातित सामानमा नै यस्ता समस्याका कारण व्यवसायीहरूलाई अनुगमनको नाममा दुख दिनु भन्दा भन्सारमानै त्यो समस्याको समधान राज्यले गर्यो भने साना व्यवसायीहरुलाई समस्या नहुने बताउनु भयो । उहाँले उद्योग वाणिज्य संघ–चितवनले जिल्ला नगरका उद्योग वाणिज्य संघका नेतृत्व वर्गलाई वोलाएर कर सम्बन्धी कार्यक्रम आयोजना गरेको खुसी व्यÏ गर्दै आभार प्रकट गर्नुभयो ।
कार्यक्रमा वोल्दै उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले कर विना राज्य सम्वृद्ध हुन नसक्ने बताउँदै उहाँले राज्यले करको दर घटाउदै दायरा बढाउँदै लगानी मैत्री वातावरण सृजाना गर्नुपर्ने बताउनुभयो । उहाँले करदाता र कर संकलन कर्ताको सम्बन्ध प्रगाढ भएका कर संकलन गर्न सजिलो हुने बताउनुभयो ।
कार्यक्रममा वोल्दै आन्तरिक राजश्व कार्यालय भरतपुरका कर अधिकृत गंगाराम अर्यालले यस्ता करदाता शिक्षाकार्यक्रमले करदाताको स्वच्छिक कर तिर्ने मानसिकताको विकास हुने बताउनु भयो ।
दुई दिन सम्म चलेको तालिम तथा अभिमुखिकरण कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका राजश्व सल्लाहकार सिए विमान कार्की, सिए विकास तिवारी र सिए विशाल भट्टराईले कार्यक्रमको मध्यस्तता गर्नु भएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका पदाधिकारी, तनहँु उद्योग वाणिज्य संघ, लमजुङ उद्योग वाणिज्य संघ, गोर्खा उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, धादिङ उद्योग वाणिज्य संघ, नवलपुर उद्योग वाणिज्य संघ, रत्ननगर उद्योग वाणिज्य संघ, वागलुङ उद्योग वाणिज्य संघ, खैरहनी उद्योग वाणिज्य संघ, राप्ती उद्योग वाणिज्य संघ, गैडाकोट उद्योग वाणिज्य संघ, देवचुली उद्योग वाणिज्य संघ, मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष, पदनधिकारी, महिला उद्यमी, र कार्यालय प्रमुखहरू गरी ५५ जनाको सहभागिता रहेको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमानकुमार श्रेष्ठको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन सहित समापन गर्नुभएको कार्यक्रमको समानप सत्र संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो भने उद्घाटन सत्र कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

