सुर्खेत। कर्णाली प्रदेशको सरकार जोगिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका हुन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको छ।
नेकपा एमालेको माधवकुमार नेपाल पक्षले फ्लोर क्रस गरेर नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीका पक्षमा मतदान गरेपछि उनको सरकार जोगिएको हो। शाहीलाई नेपाली कांग्रेसले पनि समर्थन गरेको छ। आज भएको मतदानमा ३७ जना सांसद उपस्थित थिए।