काठमाडौं । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले असोज ४ गते अर्थात् सोमवारबाट नयाँ नोट वितरण गर्ने भएको छ ।
केन्द्रीय बैैंकले एक सूचना जारी गर्दै वाणिज्य बैंकहरुका तोकिएका शाखाहरुबाट नयाँ नोट वितरण गर्ने जानकारी दिएको छ ।
केन्द्रीय बैंकले कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखेर उपत्यकाका वाणिज्य बैंंकका तोकिएका शाखा कार्यालयबाट नोट सटही सुविधा लिन सकिने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।
उपत्यका बाहिरको हकमा भने प्रदेशस्थित कार्यालयमा वा वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयमा गएर नोट सतही गर्न बैंकले अनुरोध गरेको छ ।
साथै, नोट सटही गर्न जाँदा स्वाथ्य सम्बन्धि मापदण्ड र सामाजिक दूरीको पूर्ण पालना गर्न समेत बैंकले अनुरोध गरेको छ ,