• गृहपृष्ठ
  • चितवन विशेष
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मल्टिमिडिया
×

Copyright © 2021 Chitwan Press

Devlopment by nTech.

बिहिबार, चैत १९, २०८२ | Thursday 2nd April 2026
☰
    • गृहपृष्ठ
    • चितवन विशेष
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • आर्थिक
    • अन्तर्राष्ट्रिय
    • मल्टिमिडिया
बिहिबार, चैत १९, २०८२

ताजा अपडेट

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान
  • ३ दिन 
शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने
  • ३ दिन 
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
  • ३ दिन 
शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने
  • ३ दिन 
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
  • ३ दिन 
गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते
  • ३ दिन 
डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश
  • ३ दिन 
वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनमा जलाशय निर्माण
  • ३ दिन 
कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा
  • ३ दिन 

चर्चित समाचार

  • १. नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

  • २. चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

  • ३. सुशासन मार्गचित्र: लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

  • ४. परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणीको भङगालोमा डुबेर मृत्यु

  • ५. चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

  • ६. एमाले चितवनद्वारा केपी शर्माओली र रमेश लेखकको पक्राउप्रति आपत्ति , उच्चस्तरीय छानबिन आयोग गठनको माग

  • ७. गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

  • ८. शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

  • ९. शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

  • १०. डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

ट्रेण्डिङ :

    राशिफल मृत्यु नेपाली कांग्रेस भरतपुर महानगरपालिका पक्राउ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन राष्ट्रिय निकुञ्ज नेकपा (माओवादी केन्द्र) प्रचण्ड

बजेट अभावले अस्पताल निर्माण अधुरै

मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित

ढोरपाटन।  बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन् । ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला निर्माण सुरु गरिएको थियो ।
आधारभूत अस्पताल निर्माणका लागि विसं २०७८ माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो । नगर अस्पताल विसं २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो । विसं २०८० पुसमा सम्पन्न गर्नेगरी निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्स्ट्रक्सनका प्रमुख दीपककुमार अदैले जनाकारी दिनुभयो । गाउँपालिकाले रु १० करोड ९४ लाखको लागत अनुमान गरेकामा निर्माण कम्पनीले रु आठ करोड २४ लाखमा जिम्मा लिएको थियो ।
पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदै बताउनुहुन्छ । यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको र अझै रु एक करोड ७० लाख बजेट अपुग भएको उहाँको भनाइ छ । निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्षअगाडि गाउँपालिकाले सात रोपनी दुई आना जग्गा निःशुल्क व्यवस्थापन गरेको थियो । ढोरपाटन नगर अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो । नगर अस्पतालमा बजेट नआउँदा गत सालदेखि नै काम ठप्प भएको छ । निर्माण कम्पनीले गत वर्ष भदौमै नगरपालिकामा रु छ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदै बताउनुहुन्छ । अस्पातलको भवन निर्माणका लागि रु १२ करोड ९६ लाखमा जिम्मा लिएको अदैको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेस्की रकम रु दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो तथा अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदै बताउनुहुन्छ । विसं २०८२ असार २३ सम्ममा निर्माण सक्नुपर्ने अस्पताल भवन करिब आधा सकिँदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उहाँले गर्नुभयो ।
अहिले बजेट नै नपरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “नगर अस्पताल निर्माणको जिम्मा त पायौँ तर काम गरेको रकम पाउन सकेनौँ, करोडौँ रकम अहिलेसम्म पाउन सकिएको छैन, यस वर्ष बजेट पनि नपरेको हुँदा अस्पताल अलपत्र जस्तै भएको छ, पोहोर साल भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ, निसीखोलाको भुक्तानी पायौँ अब ‘फिनिसिङ’को काम बाँकी थियो, तर बजेट नै आएन, बजेट नभएपछि कसरी काम गर्न सकिन्छ ?” ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई काम गरेकै रु छ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिति नरहेको बताउनुभयो ।

  • #अस्पताल
मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु
नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान
शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

साताको चर्चित

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

सुशासन मार्गचित्र: लगानीमैत्री वातावरण सिर्जना प्राथमिकतामा

परीक्षा दिन गएका दुई विद्यार्थीको नारायणीको भङगालोमा डुबेर मृत्यु

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

एमाले चितवनद्वारा केपी शर्माओली र रमेश लेखकको पक्राउप्रति आपत्ति , उच्चस्तरीय छानबिन आयोग गठनको माग

गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

ताजा समाचार

नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा चितवनमा रक्तदान

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिजिटल प्रणाली चुस्त बनाइने

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

शासकीय सुधार कार्यसूची : प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गैंडाकोटमा तीन सवारी ठोक्किँदा १० जना भन्दा बढी घाइते

डेढ वर्षपछि ठोरी नाका खुल्ने सम्भावना, पर्यटन क्षेत्रमा राहतको आश

वन डढेलो नियन्त्रण र वन्यजन्तु संरक्षणका लागि सामुदायिक वनमा जलाशय निर्माण

कञ्चनपुरको बैजनाथ मावि सङ्कटमा

चैत्र शुक्ल एकादशी: सेतो मच्छिन्द्रनाथको मूर्ति फर्काइयो जनबहालस्थित मन्दिरमा

हाम्रो बारेमा

एमोस मिडिया नेटर्वक प्रा.लि द्वारा संचालित
www.chitwanpress.com

सञ्चार रजिष्ट्रारको कार्यालय
दर्ता नम्बर ००१०८ ( बागमती प्रदेश )
प्रेस काउन्सिल नेपाल ,दर्ता नं. १७४६

सम्पर्क

ठेगाना
भरतपुर-१२ प्रेरणा टोल , चितवन

सम्पर्क नम्बर
०५६-५९०१२५ ,९८५५०५४९८९

ईमेल
[email protected]

हाम्रो टीम

प्रधान सम्पादक

प्रकाशमणि ज्ञवाली

कार्यकारी निर्देशक
बिलबहादुर अधिकारी

संवाददाता
बिनिता कँडेल

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2026 Chitwan Press | All rights Reserved.
 Website By :  nwTech.