चितवन। जिल्ला प्रहरी कार्यालय चितवनले बिभिन्न मुद्दामा फरार रहेका २०६ अभियुत्तहरुलाई पक्राउ गर्ने अभियान संन्चालन गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुर्य थापाका अनुसार भदौ ८ गते देखी २९ गते सम्म ४ जना फरार अभियुत्तहरुलाई पक्राउ गरी सम्मानित अदालतमा पठाईएको साथै सोहि मितिमा २०२ जनालाई नियन्त्रणमा लिई सम्मानित अदालतमा बुझाईएको बताउनुभयो।
नियन्त्रणमा भएका २०२ जनामा १७७ पुरुष र २५ महिला रहेको प्रबक्ता थापाले जानकारी दिनुभयो।

