चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक यातायातमा गहना तथा समान चोरी र लुटपाट गर्ने तीनजना प्रकाउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी राजबिराज नगरपालिका वडा नम्बर ४ मुसहरीटोल बस्र्ने ३५ कि पिंकी धामीन लगायत ३ जना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरीक्षक सुर्य थापा अनुसार प्रकाउ परेका उनिहरुले समुहमा भिडभाडको फाइदा उठाई सार्वजानिक स्थान तथा सवारी साधनमा महिलाहरुलाई लक्षित गरेर खल्तिमा वा ब्यागमा राखेको सामान तथा गरगहना चोर्ने गरेको आरोपमा सोमबार पक्राउ गरिएको हो ।
सार्वजनिक बसमा यात्रारत एक जना महिलाको ब्यागबाट गरगहना चोरी गरेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको प्रबक्ता थापाले जानकारी दिए ।