चितवन। बागमती प्रदेश अन्तर्गत रहेका प्रहरी कार्यालयहरुमध्ये जिल्ला प्रहरी कार्यालय चितवन पुनः उत्कृष्ट भएको छ ।
प्रदेशमा रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा बागमती प्रदेश प्रहरी कार्यालयबाट आन्तरिक कार्य सम्पादन मुल्याङकन हुने गर्छ। यस मुल्याङकनको आधारमा पुनः २०७८ साल श्रावण महिनामा समेत जिल्ला प्रहरी कार्यालय चितवनले लगातार प्रथम स्थान हासिल गर्न सफल हुदै पुनः उत्कृष्ट भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले तोकिएको जिम्मेवारीमा उच्च ब्यवसायिकता प्रदर्शन गर्दै लगनशिल भई त्रुटीरहित ढंगले परिणाममुखी कार्य सम्पादन गर्ने जिल्ला प्रहरी कार्यलय तथा मातहत समेतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई सामुहिक कार्य को लागी धन्यवाद दिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनलाई प्रथम स्थानमा छनौट गरेकोमा बागमती प्रदेश प्रहरी कार्यालय तथा प्रहरी नायव महानिरीक्षक प्रति हार्दिक आभार ब्यक्त गरेको छ।

