चितवन । सम्बन्ध विच्छेद “डिभोर्स” भनेको लोग्ने र स्वास्नी बीचको वैवाहिक सम्बन्धलाई कानुन बमोजिम अन्त्य गरिनु हो । पछिल्लो समय यो डिभोर्स गर्ने प्रवृत्ति बढ्दै गएको छ । चितवनमा मात्रै हेर्ने हो भने १ वर्षमा १ हजारभन्दा बढि जोडिले सम्बन्ध विच्छेद “डिभोर्स” गरेका छन् ।
चितवन जिल्ला अदालतका सुचना अधिकारी अमृत विश्वकर्माका अनुसार चितवनमा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष १ हजार ४८१ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थियो । जसमध्ये १ हजार २४३ मुद्दा फैसला भयो भने ६७८ वटा मुद्दा मिलापत्र भएका थिए ।
त्यस्तै आर्थिक वर्ष २०७९/२०८० मा कुल १ हजार २२० वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थियो । जसमध्ये ९६२ वटा मुद्दा फैसला भयो भने ७०७ वटा मुद्दा मिलापत्र भएका थिए।
आव.०७८/०७९ को आर्थिक वर्षमा कुल १ हजार ३०४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थियो ।जसमध्ये १हजार २३ वटा मुद्दाको फैसला भयो भने ७७१ वटा मुद्दा मिलापत्र भएका थिए।
जिल्ला अदालत चितवनका श्रेष्तेदार उपसचिव विष्णुप्रसाद आचार्यले पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दै गएको बताए । त्यसमा पनि ज्यादै स-साना घरायसी कुराहरु कारण बनेका उनी बताउछन्। उनी भन्छन् ,”स-सना घरायसी झगडा सहन नसकेको , समाधान गर्न नसकेको कारण पनि कतिपयले डिभोर्स गर्छन् । सानै उमेरमा विवाह गर्ने प्रचलनले गर्दा पनि डिभोर्स केसको सङ्ख्या दिन प्रति दिन बढ्दै गएको छ” ।
आचार्यले सम्बन्ध विच्छेद शिक्षित परिवारमै बढि हुने गरेको बताएका छन।पुरुष र महिलाको तुलानामा सबैभन्दा बढि महिलाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेको उनले बताएका छन्।
सम्बन्ध विच्छेदका मुद्दा बढ्नुमा प्रेम विवाह, कम उमेरमा हुने विवाह, अन्तरजातीय विवाह र वैदेशिक रोजगारी मुख्य कारण रहेको पनि उनलेे बताए ।