चितवन । भरतपुर महानगरपालिका–१ र २ मा पर्ने नारायणगढ र भरतपुरका विभिन्न स्थानमा आज दिउँसो विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार ११ केभी प्रसारण लाइन स्तरोन्नतीका लागि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको लागि लाइन काट्न लागिएको हो
आदर्श टोल, पोखरा बसपार्क, उद्योग वाणिज्य संघ , क्षेत्रपुर, आँपटारी, मिल्स एरिया, रामेश्वर मन्दिर, जलमा हल, मेन रोड र आसपासका क्षेत्रमा विद्युत अवरुद्ध हुने भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ ।

