चितवन । चितवन जिल्लामा वर्षे धान खेतिको क्षेत्रफल बढेको छ ।कृषि ज्ञान केन्द्र चितवनको तथ्याङकअनुसार गतवर्षको तुलनामा यस वर्ष धेरै क्षेत्रफलमा धान खेति गरिएको छ ।
चितवनमा गत वर्ष २२ हजार आठ सय ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो, भने यस वर्ष हाल सम्म २४ हजार २४ सय ७ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।
कृषिज्ञान केन्द्रका सुचना अधिकारी सुरुची त्रिपाठीका अनुसार गत बर्ष भन्दा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढेको छ । त्रिपाठीले भनिन् , गत वर्ष समयमा वर्षा नहुँदा किसानले मोटरको पानी प्रयोग गरेर खर्चीलो तरिकाले रोपाइँ गर्नुपर्यो, जसकारण गत वर्ष वर्ष ९५ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।
यसपटक समयमै मनसुन वर्षा हुदा र समयमै नहरको पानि आएको कारणले धेरै क्षेत्रफलमा धान रोपाँई भएको हो । हाल सम्म चितवनमा ९८.५% रोपाइँ सकिएको छ।भने १.५ % रोपाइँ हुन बाकी रहेको त्रिपाठीले बताइन् ।” भरतपुर र इच्छाकामना को केहि भागमा रोपाइँ हुन बाकी छ अबको केही दिनमा सकिन्छ “उनलेे भनिन् ।
जिल्लाका सबै स्थानमा धानखेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य क्षेत्रका रूपमा लिने गरिन्छ। प्राय चितवनमा सावा मन्सुली, वार, सावित्री, मोती, गोरखनाथ, जिरामसिनाजस्ता जातका धान लगाइने गरिन्छ।