काठमाडौं। आज (बिहीबार) देखि लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नेपाल आयल निगमले बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई रूपैयाँ घटाएको छ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।