चितवन । कवि भुपेन्द्र खड्का ‘भुपिन’, बि.सं. २०३० सालमा बाग्लुङ जिल्लामा जन्मिएर चितवनलाई कर्मथलो बनाएका छन्। भूपिन तीन दशकभन्दा बढी समयदेखि कविता लेखनमा सक्रिय छन् भने दुइ दशकभन्दा बढि समयदेखी शिक्षण पेसामा आबद्ध छन्।
सानैदेखि कविता, कथा जस्ता साहित्यिक कृतिहरु पढ्न र लेख्न रुचाउने भुपेन्द्र निरन्तरको मेहनत र लगावले कवि भुपिनको पहिचान बनाउन सफल भए ।
कवि भूपिनले हालसम्म आफ्ना विभिन्न छ वटा कृतिहरु पाठक वर्गमा सार्वजनिक गरेका छन्। २०५३ सालमा पहिलो कृति ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (कविता संग्रह) प्रकाशित भएसँगै उनको लेखनी यात्रा थप सक्रिय भएको हो । त्यसपछी दोश्रो कृति ‘हजार वर्षको निद्रा (कविता संग्रह) २०६६, तेस्रो चौबिस रील (निबन्ध संग्रह) – २०६९, सुप्लाको हवाइजहाज, (कविता संग्रह) २०७२, मैदारो (उपन्यास) – २०७५ र भूपिनका कविता ( कविता संग्रह)-२०८० भुपिनका हालसम्म प्रकाशित कृतिहरु हुन् ।
बाग्लुङको बलेवामा जन्म लिएका भूपिन सानै देखि पुस्तक पढ्न निकै रुचाउँथे। स्कुल पढ्न जादा आकाशमा सधै जहार उडेको देख्दा उनको मनमा पाईलट बन्ने सपना जाग्यो । बाग्लुङमा एसएलसी पास गरे लगत्तै उनी आफ्नो सपना पुरा गर्नको लागि पोखरा होमिए । पोखरामा आइएस्सी पढ्न सुरु गरे । कहिल्यै घर छाडेर अन्त नबसेका भूपिन पोखरा गए पछि उनको स्वास्थमा समस्या आयो । बिमारी भएकै कारणले गर्दा उनले पहिलो पटक १२५ रुपैयाँमा जहार चढ्ने अवसर पाए ।
छ महिना सम्म स्वास्थ्यमा कुनै सुधार नआएकोले उनले पढ्न पाएनन् सोचे जस्तो नतिजा ल्याउन सकेनन् । उनको पाईलट बन्ने सपना सपनामा मात्र सिमित हुन पुग्यो । त्यस पछि उनले विश्व विद्यार्थी क्याम्पस कृतिपुरबाट स्नातकोत्तर पास गरे।
पढाइ पुरा गरे पछि जागिरको शिल्शिलामा उनी चितवन आए। २०६० सालमा सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवनको उप प्राध्यापक बन्न सफल भए। भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको उपप्राध्यापकसमेत रहेका कवि भूपिनले अमेरिकाबाट नेपाली अन्तर्राष्ट्रिय साहित्य समाज पुरस्कार, उत्तम शान्ति पुरस्कार, अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारसहित एक दर्जन बढी पुरस्कार र सम्मान प्राप्त गरेका छन् । उनको कविता प्रतिको मोह यति अगाध थियो कि अमेरिकाको त्यो ग्यालमर्स समेत सम्मोहित नभएर स्वदेश फर्किए। उनी भन्छन्, अमेरिका छाडेर आए पनि मलाई पश्चाताप छैन । अन्य जे पनि छाड्न तयार छु तर कविता लेख्न छाड्दिन ।
गाउँमा कसैलाई चिठी लेख्न होस् या पढ्न सबैले उनलाई नै बेलाउने गर्थे । यसै बिच उनले अरुको सुखदुःखलाई नजिक बाट निहाल्ने मैका पाए । उनी ६ कक्षामा हुदा उनले कविता लेखेर हुलाकबाट रेडियो नेपालमा पढाएका थिए। पठाएको कविता रेडियोमा बाचन भयो । आफ्नो छोरोको कबिता सुनेर उनको आमाको आँखाबाट खुसी आँसु खस्यो । बुबा र दाजुहरु पल्टनमा हुदा उनले आफूले लेखेका हरेक कबिताहरु आमालाई सुनाउने गर्थे ।
भूपिन वशुन्धरा खडका र सर्वजित खडकाको ७ औ सन्तान थिए। उनी कविता, निबन्ध, उपन्यास लेख्न निकै रुचाउँछन् । उनी भन्छन्, मेरो पहिलो प्रेम कबिता हो र अरु प्रति सम्मान। बेलाबेलामा खाली समय भएको बेला उनी गाउँघर घुम्न निकै रुचाउँछन् । वन जङ्गल, चराचुरुङ्गी नदिनाला संग समय बिताउन उनी निकै मन पराउछन् । उनले नेपालको लगभग सबै जिल्लाहरु अबलोकन गरि सकेका छन्।
कोभिडको समयमा उसले आफुलाई जन्म दिने आमा गुमाए । ती आमा जुन भूपनका हरेक कविता सिर्जना सुनेर खुसीले आँसुको धारा बगाउने गर्थिन् । भूपिन जस्तो छोरा पाएकोमा सधै गर्भ गर्थिन् । सानै देखि कविता लेख्न रुचाउने भूपिनले आमाको साथ नपाएको भए सायद आज कवि भूपिन बन्न सफल हुदैनथे होला ।
यो संसार देखाउने, सुख दुःखका कुरा साट्न सकिने, आफूले नखाएर पनि हामीलाई खुवाउने, जीवनमा संघर्ष गर्न सिकाउने, हरेक गल्तीमा माफी दिने, सधैं अगाडि बढ्न प्रेरणा दिने शब्द हो आमा ! शब्द नै कति महान छ । यस्ती महान आमालाई गुमाउनु पर्दा भूपिन आफुले आफुलाई सम्हाल्न सकेनन् र गहिरो मानसिक आघात महसुस गर्य। नयाँ ठाउँ घुम्न रुचाउने , पुस्तकहरु पढ्न रुचाउने, कविताहरु लेख्न रुचाउने भूपिन बन्द कोठामा मात्र सिमित भए । आमाको मृत्यु पछि उनको जिवनमा अन्धकार छायो।
भनिन्छ नि जन्मिए पछि एक दिन अवस्य मर्नु पर्छ विधिको विधानलाई कस्ले पो मेट्न सक्छ र । केही महिना पछि बिस्तारै भूपिन शोकको घडी बाट बिहिर निस्किए र आफ्नो साहित्यीक जिवनको यात्रामा फर्किए, त्यसपछि अहिले भुपिन आफ्नो लेखनि यात्रा र शिक्षण यात्रालाइ निरन्तरता दिइरहेका छन् ।