काठमाडौ । राजधानीमा एक जनामा हैजा पुष्टि भएको छ । ललितपुरमा एक जना व्यक्तिमा हैजा (कोलेरा) पुष्टि भएको हो ।
गोदावरी नगरपालिका वडा नम्बर १४ ठैवमा रहेको एक संस्थामा आश्रित १६ वर्षीय व्यक्तिमा हैजा पुष्टि भएको जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख भुवन पौडेलले जानकारी दिए ।
उनका अनुसार त्यहाँ रहेका थप चार जनाको आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि
कल्चरका लागि जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ । कल्चरमा समेत हैजा पुष्टि भएमा हैजा पुष्टि हुनेको सङ्ख्या बढ्ने छ ।

