• गृहपृष्ठ
  • चितवन विशेष
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मल्टिमिडिया
×

Copyright © 2021 Chitwan Press

Devlopment by nTech.

सोमबार, असार ३०, २०८२ | Monday 14th July 2025
☰
    • गृहपृष्ठ
    • चितवन विशेष
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • आर्थिक
    • अन्तर्राष्ट्रिय
    • मल्टिमिडिया
सोमबार, असार ३०, २०८२

ताजा अपडेट

मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
  • ८ घण्टा 
काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड
  • ८ घण्टा 
आयुष र एलिजेले गरे कोर्ट म्यारिज
  • ९ घण्टा 
घोडाघोडीमा हरिहाँसको संख्या घट्यो
  • ९ घण्टा 
नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी
  • ९ घण्टा 
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
  • ९ घण्टा 
भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते
  • १० घण्टा 
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
  • १० घण्टा 
३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक
  • १० घण्टा 

चर्चित समाचार

  • १. प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरण : प्रधानमन्त्री सचिवालयलाई रेनु दाहालले दिइन् यस्तो चुनौती

  • २. त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

  • ३. स्थानीय उत्पादनको प्रर्वद्धन गर्न भरतपुर -२मा रात्रीकालीन बजार

  • ४. पूर्वी चितवनको बूढीराप्ती नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

  • ५. कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

  • ६. नारायणगढ बजारको कटान रोक्न ढुङ्गाको छेकबार

  • ७. चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

  • ८. आज २०८२ साल असार २४ गते मंगलबार , यस्तो छ तपाईको राशिफल

  • ९. चितवनमा भेटियो रसुवाबाट बेपत्ता प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव

  • १०. आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

ट्रेण्डिङ :

    राशिफल मृत्यु नेपाली कांग्रेस भरतपुर महानगरपालिका पक्राउ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन राष्ट्रिय निकुञ्ज प्रचण्ड नेकपा (माओवादी केन्द्र)

किसानले भित्र्याउन पाएनन् चैतेधान


मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित

भजनी (कैलाली)। भजनी नगरपालिका–८ का ओम पाण्डेले यस वर्ष एक बिघा क्षेत्रफलमा चैतधान लगाउनुभएको थियो । विगत वर्षमा राम्रो उत्पादन दिएपछि उहाँले छ कट्ठामा लगाउँदै आएको चैतेधानको खेती विस्तार गर्नुभएको थियो । धानखेती विस्तार गर्नुभएका पाण्डेले यस वर्ष बाढीका कारण धान भित्र्याउन पाउनुभएन । गत असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको उहाँले गुनासो गर्नुभयो ।
“उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि डुबान हुने सबै क्षेत्रमा चैतेधान लगाएको थिएँ”, उहाँ भन्नुहुन्छ, “पाँच–छ कट्ठाको भित्र्याउन सके पनि बाँकी सबै डुबानले सखाप बनायो ।” सोही ठाउँका लालप्रसाद न्यौपानेले पनि चैतेधान भित्र्याउन पाउनुभएन । असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि भएको खर्चको जोहो गर्न मुस्किल हुने उहाँको भनाइ छ । “यस वर्ष धान राम्रो थियो । उत्पादन राम्रो हुन्छ भन्ने आशा जागेको थियो”, न्यौपानेले भन्नुभयो, “धान राम्रो भएको डुबानमा पर्नलाई रहेछ । अहिले धान रोप्ने बेला लागेको खर्च व्यवस्थापन गर्न गाह्रो भएको छ ।”
उहाँका अनुसार ढिलोगरी रोपाइँ गरेका अधिकांश किसानले धान भित्र्याउन पाएनन् । यस वर्ष किसानले ढिलोगरी धान रोप्नु र छिटो बाढी आउनुले पनि अधिकांश किसानको धान डुबानले नष्ट हुनपुग्यो । धान काट्ने साधन समयमा नपाउँदा भित्र्याउन तयार भएको एक बिघा क्षेत्रफलको धान नष्ट भएको भजनी –३ का नेत्र देउवा बताउनुहुन्छ । डुबानले करिब ५० क्विन्टल धान खेतमै पुरिएको दुखेसो उहाँको छ । “समयमा धान काट्ने साधन पाइएन, हातले काट्दा १० कट्ठाको धानमात्रै भित्र्याउन सकियो”, उहाँले भन्नुभयो, “अरुको साधनको भर परेर खेती लगाउनु पनि दुःख हुँदोरहेछ ।” देउवाका अनुसार १० कट्ठामा २९ क्विन्टल धान उत्पादन भएको छ । उत्पादन भएको धान बिक्रीका लागि बजार अभाव रहेको किसान बताउँछन् । बजार मूल्य किसानको छैन । व्यापारीले भनेअनुसार किसानले धान बेच्नुपर्ने बाध्यता छ । “सुरुमा तीन हजार छ सय प्रतिक्विन्टल बिक्री गरेको धान केही समयपछि तीन हजारमा बिक्री गर्नुपर्यो”, किसान चन्द्रबहादुर चौधरी बताउनुहुन्छ ।
“किसानले सुरुको मूल्य अन्तिमसम्म पाउन सकेको भए राम्रो हुन्थ्यो । सरकारले धानको समर्थन मूल्य तोक्दा चैतेधानलाई पनि ध्यानमा राखेर मूल्य तोक्नुपर्छ ।” उहाँले धानको समर्थन मूल्यसँगै खाद्य संस्थानले धान खरिद गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । भजनी नगरपालिकाका अनुसार ३० हेक्टर क्षेत्रफलमा लगाएको चैतेधान बाढी र डुबानले नष्ट गरेको छ । यतिबेला भजनीका अधिकांश कृषियोग्य फाँट बाँझो छन् । बर्खामा हुने बाढी र डुबानका कारण किसानले प्रायः खेती गर्दैनन् । “ढिलो वर्षा सुरु भएको वर्ष किसानले प्रायः धानखेती गर्नुहुन्थ्यो । मनसुन छिटो सक्रिय भएपछि अधिकांश जमिन बाँझो रहन्छ”, सुन्दर चौधरीले भन्नुभयो, “जमिन बाँझो हुँदा किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । बाढी र डुबानको विकल्प किसानसँग भए उत्पादनमा ठूलो राहत हुन्थ्यो ।”
बढी डुबान नभएको वर्ष किसानले दुई–तीनपटक चैतेधानको उत्पादन लिने गरेका छन् । असारमा भित्र्याएको चैतेधान डुबानमा नपरे भदौमा पुनः उत्पादन दिन्छ । “मैले तीनपटकसम्म एकैपटक रोपेको धान भित्र्याएको छु । आम्दानीका हिसाबले कम उत्पादन एक बिघामा दोस्रोपटक २० क्विन्टल जति उत्पादन लिएको थिएँ”, आन्तु चौधरी भन्नुहुन्छ, “यस वर्ष एकपटक पनि उत्पादित धान भित्र्याउन सकिएन ।” भजनी क्षेत्रमा यस वर्ष करिब एक हजार हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ भएको थियो ।

  • चैतेधान
मङ्गलबार, साउन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु
मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने
काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड
आयुष र एलिजेले गरे कोर्ट म्यारिज

साताको चर्चित

प्रधानमन्त्रीको स्पेन भ्रमण प्रकरण : प्रधानमन्त्री सचिवालयलाई रेनु दाहालले दिइन् यस्तो चुनौती

त्रिशुली नदी किनारमा भेटियो पुरुषको शव

स्थानीय उत्पादनको प्रर्वद्धन गर्न भरतपुर -२मा रात्रीकालीन बजार

पूर्वी चितवनको बूढीराप्ती नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

कुमरोज मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

नारायणगढ बजारको कटान रोक्न ढुङ्गाको छेकबार

चितवनमा २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुुबानको जोखिममा

आज २०८२ साल असार २४ गते मंगलबार , यस्तो छ तपाईको राशिफल

चितवनमा भेटियो रसुवाबाट बेपत्ता प्रहरी सहायक निरीक्षक श्रेष्ठको शव

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

ताजा समाचार

मधेसमा मिर्गौला उपचार केन्द्र स्थापना गरिने

काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७६ करोड

आयुष र एलिजेले गरे कोर्ट म्यारिज

घोडाघोडीमा हरिहाँसको संख्या घट्यो

नेकपा बहुमत निकट अखिल क्रान्तिकारी र प्रहरीबीच माइतीघरमा घम्साघम्सी

नेप्सेमा दाहाेराे अंककाे गिरावट !

भारतमा आँप बोकेको लरी पल्टिँदा नौ जनाको मृत्यु, ११ घाइते

दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश

३३ वर्षमा पूरा पनि भएन दमक–चिसोपानी सडक

पर्यटक लोभ्याइरहने घान्द्रुक, गुरुङ समुदायको जीवन्त सङ्ग्रहालय

हाम्रो बारेमा

एमोस मिडिया नेटर्वक प्रा.लि द्वारा संचालित
www.chitwanpress.com

सञ्चार रजिष्ट्रारको कार्यालय
दर्ता नम्बर ००१०८ ( बागमती प्रदेश )
प्रेस काउन्सिल नेपाल ,दर्ता नं. १७४६

सम्पर्क

ठेगाना
भरतपुर-१२ प्रेरणा टोल , चितवन

सम्पर्क नम्बर
०५६-५९०१२५ ,९८५५०५४९८९

ईमेल
[email protected]

हाम्रो टीम

प्रधान सम्पादक

प्रकाशमणि ज्ञवाली

कार्यकारी निर्देशक
बिलबहादुर अधिकारी

संवाददाता
बिनिता कँडेल

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2025 Chitwan Press | All rights Reserved.
 Website By :  nwTech.