चितवन। साउनको पहिलो दिन साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा मङ्गलबार सुनसान देखिएको छ ।
सङ्क्रान्तिका लागि बिहानैदेखि यहाँ भक्तजन आएर स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन रही आएको छ । बाढी पहिरोको एवं दुर्घटनाका कारण यस वर्ष भक्तजनहरुको उपस्थिती न्यून भएको हो ।


