• गृहपृष्ठ
  • चितवन विशेष
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • खेलकुद
  • आर्थिक
  • अन्तर्राष्ट्रिय
  • मल्टिमिडिया
×

Copyright © 2021 Chitwan Press

Devlopment by nTech.

शुक्रबार, पुष १८, २०८२ | Friday 2nd January 2026
☰
    • गृहपृष्ठ
    • चितवन विशेष
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • खेलकुद
    • आर्थिक
    • अन्तर्राष्ट्रिय
    • मल्टिमिडिया
शुक्रबार, पुष १८, २०८२

ताजा अपडेट

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’
  • ९ मिनेट 
भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल
  • १३ मिनेट 
भरतपुरको विकासमा काम गरेर देखाएँ : मेयर रेनु दाहाल
  • १७ मिनेट 
प्लास्टिक निषेधसहित देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी
  • २४ मिनेट 
काँग्रेस महाधिवेशन बैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय
  • ३३ मिनेट 
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : प्रचण्ड
  • ३६ मिनेट 
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल
  • ४० मिनेट 
जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान
  • ४३ मिनेट 
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत
  • ५२ मिनेट 

चर्चित समाचार

  • १. आज २०८२ साल पुष १२ गते शनिबार , यस्तो छ तपाईको राशिफल

  • २. हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

  • ३. देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

  • ४. आज २०८२ साल पुष १३ गते आइतबार , यस्तो छ तपाईको राशिफल

  • ५. देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र

  • ६. चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छ : प्रचण्ड

  • ७. चितवन जिल्ला स्तरीय सितोरियो कराते : ब्रम्हपुर डोजो टिम प्रथम

  • ८. आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

  • ९. आज २०८२ साल पुष १४ गते सोमबार , यस्तो छ तपाईको राशिफल

  • १०. रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज

ट्रेण्डिङ :

    राशिफल मृत्यु भरतपुर महानगरपालिका नेपाली कांग्रेस पक्राउ नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल चितवन राष्ट्रिय निकुञ्ज नेकपा (माओवादी केन्द्र) प्रचण्ड

म्याग्दीका दुग्ध कृषक अनुदानबाट वञ्चित


शनिबार, असार ३०, २०८१ मा प्रकाशित

म्याग्दी। दूध उत्पादन वृद्धि र कृषकलाई प्रोत्साहन गर्न गण्डकी प्रदेश सरकारले पठाएको अनुदानबाट जिल्लाका कृषक वञ्चित भएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कृषकलाई अनुदान वितरण गर्न विनियोजन भएको रकम कार्यविधि प्रक्रिया नमिल्दा बजेट फिर्ता पठाउनुपरेको जनाएको छ ।
दूध उत्पादन गर्ने कृषकलाई प्रतिलिटर रु दुई दशमलव ५० का दरले अनुदान उपलब्ध गराउन प्रदेश सरकारले केन्द्रलाई चालु आर्थिक वर्षका लागि रु २४ लाख बजेट विनियोजन गरेको थियो । अनुदान कार्यक्रमका लागि दोनान, बास्कुना, शुभकामना कृषि र सिमलचौर बीउबिजन कृषि सहकारी संस्थाले केन्द्रमा आवेदन पेस गरेका थिए ।
शुभकामना कृषि सहकारी संस्थामा आबद्ध कृषकले मात्र रु दुई लाख एक हजार पाँच सय अनुदानबापतको रकम पाएका बेनी नगरपालिका–७ कुरिलाखर्कमा रहेको ढुङ्गाना कृषि तथा पशुपन्क्षी फार्मका सञ्चालक सुरेश ढुङ्गानाले जानकारी दिनुभयो । बाँकी रु २१ लाख ९८ हजार पाँच सय फिर्ता भएको हो । कार्यविधिअनुसार सबै प्रक्रिया पूरा गरेर तोकिएको कागजात पेस गरे पनि कार्यालयका केही कर्मचारीको बेवास्ताका कारण कृषक अनुदानबाट वञ्चित भएका उहाँले गुनासो गर्नुभयो ।
“हरेक चौमासिक रुपमा वितरण गर्नुपर्ने अनुदान कर्मचारी अभाव भएको भन्दै एकै किस्तामा आर्थिक वर्षको अन्तिममा भुक्तानी गर्ने प्रतिबद्धता जनाएका भेटेरिनरी कार्यालयका कर्मचारीले आवको अन्त्यमा बेवास्ता गर्दा अनुदान रकम फिर्ता गएको हो”, ढुङ्गानाले भन्नुभयो, “यही असार २४ गते सम्म भुक्तानी आउने आश्वासन पाएका किसान अनुदानबाट वञ्चित भएका छन् ।” बेनी बजारमा दैनिक एक हजार पाँच सय लिटर दूध आपूर्ति गर्ने ढुङ्गानालगायत १८ जना कृषकले दोभान कृषि सहकारी संस्थामार्फत अनुदानका लागि आवेदन पेस गरेका थिए । दैनिक दुई सय लिटरभन्दा बढी दूध निकासी गर्ने बास्कुना, तातोपानी, बरङ्जा क्षेत्रका कृषकले सिमलचौर कृषि सहकारीमार्फत आवेदन दिएको जनाएका छन् ।
बेनी–७ का कृषक कृष्णप्रसाद शर्माले विगतका वर्षमा सहज तरिकाले अनुदान पाए पनि यसपाली कर्मचारीले सहयोग नगरेका गुनासो गर्नुभयो । “यसअघिका वर्षमा हामीले पेस गरेका कागज र प्रक्रियाबाट अनुदान पाउने गरेका थियौँ । यस वर्ष पनि सोहीअनुसार कार्यालयले मागेका सबै कागजात पेस गरेका हौँ”, उहाँले भन्नुभयो, “केन्द्रका कर्मचारीले अनुदान दिने प्रतिबद्धता जनाएर कृषकलाई झुक्काउने र निराश बनाउने काम गरेका छन् ।” केन्द्रका प्रमुख डा भरत रेग्मीले कार्यालयका योजना प्रमुख सुवास रेग्मी नेतृत्वको समितिलाई अनुदान वितरणको जिम्मेवारी दिइएको बताउनुभयो ।
अनुदानका लागि तोकिएको मापदण्ड र प्रक्रिया पूरा नभएकाले अनुदान उपलब्ध गराउन नसकिएको उहाँको भनाइ छ । “योजना शाखाका प्रमुख, लेखा प्रमुख र एक जना प्राविधिक रहेको समितिले गरेको सिफारिसअनुसार सहकारी संस्था छनोट र अनुदान वितरण भएको हो”, प्रमुख रेग्मीले भन्नुभयो, “जुन सहकारीले कार्यविधि र मापदण्ड पालना गरेका छन्, ती सहकारीमा आबद्ध कृषकले अनुदान पाएका छन् । कार्यविधिअनुसार प्रक्रिया पूरा नभएकाले अन्यले अनुदान नपाएका हुन् ।”
केन्द्रका योजना शाखा प्रमुख सुभास रेग्मीले शुभकामना कृषि सहकारी संस्थाले मात्र कृषकबाट दूध सङ्कलन गरेर बजारमा पठाउने र सहकारीको खाताबाट कृषकलाई रकम भुक्तानी गरेको पाइएकाले उक्त सहकारीलाई मात्र अनुदान दिएको बताउनुभयो । “विगतका वर्षमा केकसरी अनुदान रकम उपलब्ध गएिको थियो सोबारे अध्ययन गर्नेछौँ”, उहाँले भन्नुभयो “यस वर्षदेखि निश्चित मापदण्ड र कार्यविधि बनाएका छौँ । सोहीअनुसार अनुदान दिएका हौँ ।” कृषक भुवन आचार्यले केन्द्रका प्रमुख र योजना शाखा प्रमुख रेग्मीद्वयको भनाइ खण्डन गर्दै केन्द्रका कर्मचारीको बेवास्ताका कारण राज्यले दिएको सुविधाबाट कृषक वञ्चित भएका गुनासो गर्नुभयो ।

  • दूध
शनिबार, असार ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
थप शिर्षकहरु
‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’
भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल
भरतपुरको विकासमा काम गरेर देखाएँ : मेयर रेनु दाहाल

साताको चर्चित

आज २०८२ साल पुष १२ गते शनिबार , यस्तो छ तपाईको राशिफल

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

आज २०८२ साल पुष १३ गते आइतबार , यस्तो छ तपाईको राशिफल

देवघाटधाम प्लास्टिक निषेधित क्षेत्र

चुनावबाहेक अन्य विकल्पतिर सोचे देश दुर्घटनामा पर्नसक्छ : प्रचण्ड

चितवन जिल्ला स्तरीय सितोरियो कराते : ब्रम्हपुर डोजो टिम प्रथम

आन्तरिक राजस्व कार्यालय खैरहनीको काम पालिकाबाट

आज २०८२ साल पुष १४ गते सोमबार , यस्तो छ तपाईको राशिफल

रवि-बालेन बीचको एकतामा हस्ताक्षर आज

ताजा समाचार

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

भरतपुरको विकासमा काम गरेर देखाएँ : मेयर रेनु दाहाल

प्लास्टिक निषेधसहित देवघाटमा माघे सङ्क्रान्ति मेलाको तयारी

काँग्रेस महाधिवेशन बैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : प्रचण्ड

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

नारायणगढ–गैँडाकोट आइकोनिक पुल निर्माणले लियो गति

हाम्रो बारेमा

एमोस मिडिया नेटर्वक प्रा.लि द्वारा संचालित
www.chitwanpress.com

सञ्चार रजिष्ट्रारको कार्यालय
दर्ता नम्बर ००१०८ ( बागमती प्रदेश )
प्रेस काउन्सिल नेपाल ,दर्ता नं. १७४६

सम्पर्क

ठेगाना
भरतपुर-१२ प्रेरणा टोल , चितवन

सम्पर्क नम्बर
०५६-५९०१२५ ,९८५५०५४९८९

ईमेल
[email protected]

हाम्रो टीम

प्रधान सम्पादक

प्रकाशमणि ज्ञवाली

कार्यकारी निर्देशक
बिलबहादुर अधिकारी

संवाददाता
बिनिता कँडेल

सामाजिक संजाल

Facebook

Twitter

YouTube

Copyright ©2026 Chitwan Press | All rights Reserved.
 Website By :  nwTech.