चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निशुल्क खान बस्नको व्यवस्था गरेको छ । होटल व्यवसायी संघ चितवनले विज्ञप्ति निकालेर निशुल्क खाने बस्ने व्यवस्था गरेको जानकारी दिएको हो ।
पहिरोमा परेर बेपत्ता भएकाहरुको उद्धारमा सहयोग पुर्याउने उद्देश्यले उक्त निर्णय गरेको संघका अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिए ।