चितवन । पहिरोले अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारू भएको छ । आज बिहान करिब सवा ९ बजेतिर उक्त सडक खण्डको भरतपुर- २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो जाँदा अवरुद्ध बनेको थियो ।
अवरुद्ध सडकको पहिरो पन्छाई करिब सवा १० बजेतिरबाट राजमार्ग संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।