चितवन । चितवनमा एक पुरुषको कंकाल फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १३ पृथ्वी नगर स्थित ऋषीराम न्यौपानेको घरमा बसोबास गर्दै आएका कास्की जिल्लाका ५५ बर्षीय वसन्तमणी सुबेदीको कंकाल भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भदौ २१ गते घरबाट सोही स्थानकोे दक्षिणकाली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न जान्छु भनी उनी हिडेका थिए र २४ गते उनको आफन्तले प्रहरीलाई हराएको जानकारी गराएका थिए । प्रहरीले खोज तलास गर्दै जाने क्रममा आज सांँढे १बजे सोही सामुदायिक वन भित्र निजले लगाएको हाफ् कट्टु,ढाका टोपी,चप्पल फेला परेको हो । सोही आधारमा उनको आफन्तले सनाखत गरेको र सोही स्थानमै मानव कंकाल ( खप्पर केही हड्डी ) फेला परेको प्रहरीले जनाएको छ । जंगली जनावरले उनको शव खाएको जस्तो देखिएको र यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
हराएका एक पुरुषको कंकाल फेला
हराएका एक पुरुषको कंकाल फेला

तपाईको प्रतिक्रिया
थप शिर्षकहरु