चितवन । माडीको मगुइ खोलाले बगाउँदा एक पुरुष बेपत्ता भएका छ्न ।
माडी नगरपालिका वडा नं ५ छरछरे निवासी वर्ष ४५ का रण बहादुर कामी बेपत्ता भएका हुन । बुधबार दिउँसो १:२० बजेको समयमा खोला तर्ने समयमा खोलाले बगाएको माडी प्रहरीले बताएको छ ।
बेपत्ता भएका कामीलाई खोज्न इलाका प्रहरी कार्यालय माडीका इन्स्पेक्टरसहितको टोली परिचालन भएको जनाइएको छ ।

