चितवन। अत्याधिक गर्मी बढेपछि भरतपुर महानगरपालिका र रत्ननगर भित्रका विद्यालयमा बिदा दिइएको छ । भरतपुर महानगरपालिकाले सोमबार सूचना जारी गर्दै यहि भोलि जेठ २९ गतेदेखि ३२ गतेसम्म विद्यालयमा बिदा दिएको जनाएको छ ।
अत्याधिक गर्मी बढ्न गइ पठन–पाठनमा असहज हुनुका साथै विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्न सक्ने अवस्था रहेकोले भन्दै बर्षे विदा कट्टा हुने गरि महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयलाई विदा दिएको सूचनामा जनाइएको छ ।
यस्तै गर्मीले जनजीवन कष्टकर बनेसंगै बालबालिकाको सिकाइ क्रियाकलाप साथै स्वास्थ्यमा समेत असर परेको भन्दै रत्ननगर नगरपालिकाले पनि जेठ २९ र ३० गते विद्यालय बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले बर्षेसट्टे विदा बाट कटौती गरेर सो विदा उपलव्ध गराएको रत्ननगर नगरपालिकाका नगर शिक्षा अधिकारी नारायण प्रसाद वाग्लेले जानकारी दिए । नगरपालिकाले सोमबार प्रकाशित गरेको सुचनामा मन्टेश्वरी समेत बन्द गर्ने निर्णय गरेको छ ।