चितवन। उद्योग वाणिज्य संघ–चितवन र भरतपुर महानगरपालिका वडा नं १ को कार्यालयको सयुक्त आयोजनामा गरिएको आधारभुत व्यूटिसियन तालिम सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं १ का न्यून आर्थिक अवस्था भएका उद्यमी बन्न चाहाने महिलाहरूलाई लक्षित गरि उक्त तालिम आयोजना गरिएको थियो ।
समापन कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमान कुमार श्रेष्ठले सिकेको सिपलाई अधिकत्तम प्रयोग गरि आफैमा आत्मनिर्भरभई अर्थोपार्जनमा लगाउदै थप नयाँ कुरा सिक्न आग्रह गर्नु भयो ।
तालिमको समापन कार्यक्रममा वोल्दै भरतपुर महानगरपालिका वडा नं १ का अध्यक्ष केशव महर्जनले सिक्ने इच्छाशक्ति भए केहीपनी असम्भव नभएको बताउदैँ उहाँले तालिमबाट सिकेको सिपलाई प्रयोगमा ल्याउन सुझाव दिनुभयो ।
कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले महिला उद्यमशिलता विकासका लागि निरन्तर कार्यक्रम आयोजना गरिंदै आएको बताउदै संघले व्यवसायी बनाउने उद्देश्यले तालिम प्रदान गराउदै आएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक योगिता पियाले प्रशिक्षार्थीहरुलाई नजानेको कुरा जहिले पनी सोध्न सक्ने बताउनुभएको थियो ।३० जना प्रशिक्षार्थीहरु सहभागिता रहेमको ४५ दिन सम्म सञ्चालीत तालिम चितवन ब्युटिपार्लर युनिटिका संस्थापक अध्यक्ष योगिता पिया मूख्य प्रशिक्षक रहनुभएको थियो भने प्रशिक्षक रुपमा लक्ष्मी ज्ञवाली रहनुभएको थियो ।
तालिमको समापन कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका तृतीय उपाध्यक्ष नारायण प्रधान कार्यकारी निर्देशक निलबहादुर के.सी, कार्यसमिति सदस्य दिपाशाही, विष्णु लम्साल, सन्तोष देवकोटा, भरतपुर महानगरपालिका वडा नं १ वडा सचिव शिवजी अधिकारी लगाएत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

