चितवन। चितवनकाे नारायणगढस्थित चाैतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामशरण सिलवाल निर्वाचित भएका छन्। संस्थाकाे १२ औ साधारणसभाले सिलवालकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हाे।
समितिकाे उपाध्यक्षमा दिनेश खनाल ,सचिवमा डिलप्रसाद न्यूरे र सहसचिवमा निर्मला शर्मा तिमिल्सिना चयन भएका छन्। ४ बर्षे कार्यकाल रहने समितिकाे सदस्यमा सरस्वती आचार्य,उमा न्याैपाने,जगन्नाथ न्याैपाने,बिजय तिमिल्सिना ,रमादेवी चापागाईं न्याैपाने र नवराज शर्मा चयन भएका छन्।
त्यस्तै लेखा सुपरिवेक्षण समितिकाे संयाेजकमा तेजेन्द्रप्रसाद पाैडेल,सदस्यहरुमा सुदर्शन घिमिरे र अच्युत न्याैपाने चयन भएको निर्वाचन समिति सदस्य उद्दव लाेहाेनीले जानकारी दिनुभयो ।
नवनिर्वाचित अध्यक्ष सिलवालले सहकारीको सिद्धान्त र मर्म अनुसार कार्यसमितिले काम गर्ने प्रतिबद्धता जनाउनुभयाे। १ हजार ४ सय ६८ शेयर सदस्य रहेको चाैतारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कूल पूँजी २९ कराेड रुपैयाँ रहेको छ।
कार्यक्रमकाे औपचारिक उद्घाटन समाराेहका प्रमुख अतिथि भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले सहकारीले स्थानीय जनमानसमा ठूलो आर्थिक सहयोग गरेको उल्लेख गर्नुभयाे। अहिले आर्थिक परिवेश बिग्रिएकाे समयमा ऋण प्रवाह र बचत संकलनमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयाे। साे अवसरमा उत्कृष्ट बचतकर्ता,असल काराेबारी,दैनिक बचतकर्ता ,जेष्ठ सदस्य ,बालवचत सदस्य,पूर्व सल्लाहकार,कर्मचारी लगायतलाई सम्मान गरिएको थियोे ।

