काठमाडौं । सरकारले सुन तस्करी प्रकरणको छानबिनका लागि चार सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्य संयोजक रहेको उच्चस्तरीय आयोग बनाएको हो।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी सहकुल थापा, अर्थविज्ञका रुपमा किशोरजंग कार्की र प्रेमराज कार्की सदस्य रहेकाे सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।
आयोगले सुन तस्करी रोक्ने उपाय, संलग्नहरुमाथि कारबाहीको सिफारिस आदि अधिकार पाउने उनले बताइन्।

