चितवन । रोटरी क्लव अफ रत्ननगर र स्पाउस क्लब अफ रत्ननगरको क्रमश २३ औं र पहिलो संयुक्त पदस्थापन समारोह भएको छ ।
रोटरी क्लब अफ रत्ननगरका वर्ष २०२२/२३ का अध्यक्ष रामहरि लम्सालले रोटरी बर्ष २०२३/२४ का प्रेसिडेण्ट हरिकुमार श्रेष्ठलाई र स्पाउस क्लब अफ रत्ननगरका बर्ष २०२२/२३ का अध्यक्ष विमला सुवेदी खनालले र बर्ष २०२३/२४ की अध्यक्ष गीता वाग्लेलाई पद हस्तान्तरण गरेका थिए ।
रोटरी वर्ष २०२३/२४ का डिस्ट्रीक्ट गभर्नर राजेन्द्र भोजुको अध्यक्षतामा भएको उक्त समारोहका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटा रहेका थिए भने काउन्सिल अफ डिस्ट्रिक्ट गभर्नरका बासुदेव गोल्यान, रविन्द्र पिया, सञ्जय गिरी, राजेन्द्रमान शेरचन, विनोद कोइरालाको आतिथ्यता थियो ।
कार्यक्रममा काउन्सिल अफ गभर्नरका बासुदेव गोल्यानने स्पाउस क्लव अफ रत्ननगरलाई रु. २१ हजार रुपैया सहयोग स्वरूप प्रदान गरेका थिए ।

