काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् अपहरणमा परेको बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘पार्लियामेन्ट इज हाइज्याक्ड (संसद्लाई अपहरणमा गरियो)। यसले लोकतन्त्रको मूल्य र मान्यतामाथि कुठाराघात हो।’ आफूले संसद्को रेकर्डमा महत्वपूर्ण कुरा राख्न खोजेको उल्लेख गरियो।
एमालेले संसद् अवरोध गरेका कारण नियमित हुन सकेन। अवरोधकै बीच नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र एमालेका मानवीर राई बोलेका थिए। रास्वपा सभापति लामिछानेले बोल्ने समय मागेपनि सभामुख देवराज घिमिरेले समय दिएनन्।
लामिछानले संसद् बाहिर पनि गलत संसदीय अभ्यास भएको बताए। आफूहरुले बोल्न नाम टिपाउनुका साथै समय मागे पनि नदिइएको बताएका थिए। उनले भनेका थिए, ‘सम्मानीय सभामुखज्यूबाट यसअघि पनि यस्तै भएको थियो। आज पनि भयो। हाम्रो अपेक्षा थिएन।’
उनले संसद् बन्दी बनाइएको भन्दै भर्त्सना गरेका थिए। उनले पहिल्यै योजना बनाएर आएजस्तो गरी संसद् चलाइएको बताए। उनले भने, ‘संसद्मा त्यतिमात्रै सुनियो। जति सुन्न चाहिएको थियो।’

