चितवन । रत्ननगर नगरपालिकाले डेंगु रोग निदानका लागि सबै निजी स्वास्थ्य संस्थामा परीक्षण शुल्क तोकेको छ ।
रत्ननगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले एक सूचना जारी गरी निजी स्वास्थ्य संस्थाहरुमा डेंगु रोग परीक्षण शुल्कमा एकरुपता नभएको जनगुनासो आएको भन्दै डेंगु एनएसआई एन्टिजिन परीक्षण शुल्क ६०० रुपैयाँ तोकिएको र सोही बमोजिम शुल्क कायम गर्न आग्रह गरेका छन् ।


