चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ गृह जिल्ला चितवन आउनु भएको छ । आज साँझ प्रचण्ड चितवन आउनु भएको हो ।
प्रधानमन्त्री प्रचण्डकी छोरी एबं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रधानमन्त्री प्रचण्ड दुई दिनसम्म चितवनमा रहनु हुने छ । उहाँ आराम गर्न चितवन आउनु भएको हो । आज साँझसम्म पारिवारीक भेटघाट बाहेक अन्य कार्यक्रम तय नभएको प्रमुख दाहालले बताउनुभयो ।
दाहाल शनिवार समेत आफ्नै निबास भरतपुर महानगरपालिका वडा नम्बर १४ भिमसेननगरमा वस्नु हुने छ । श्रीमती सीता दाहालको निधन पछि दाहाल पहिलो पटक चितवन आउनु भएको हो । दाहाल सुरक्षाकर्मीहरु मात्रै लिएर आउनु भएको हो ।

